सिभिल मलमा एक युवकले शरीरमा पेट्रोल छर्केर लगाए आगो
आगोले जलेर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
काठमाडौं, माघ ५ : काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।
आगोले जलेर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
करिब ३० वर्षका विशाल लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा आज (बिहीबार) मध्याह्न पौने १२ बजेतिर आफ्नै जिउमा आगो लगाएर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ।
उनले आफ्नो शरीरमा किन आगो लगाए भन्ने घटनाको कारण खुल्न बाँकी रहेको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











