अब बन्ने सभामुखले प्रतिपक्षको पनि कुरा सुन्नुपर्छ : ज्ञानेन्द्र शाही
सही कुरा छ भने सत्तापक्ष र प्रतिपक्ष सबैको कुरा सुन्ने सांसद अहिलेको आवश्यकता भएको उनले बताए।
काठमाडौं, माघ ५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अब बन्ने सभामुखले सरकार पक्षको मात्र नभई प्रतिपक्षको पनि कुरा सुन्नुपर्ने बताएका छन्।
सभामुख चयनको प्रयोजनका लागि बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले सभामुखका उम्मेदवार एमालेका देवराज घिमिरेलाई समर्थन गर्दै उनले भने, ‘आफूलाई चयन गरेको सरकार छ भने मौन बस्ने र प्रतिपक्षले राम्रो प्रस्ताव ल्याए पनि अवज्ञा गर्ने प्रवृत्ति सभामुखहरूमा देखिँदै एको छ’ उनले भने, ‘अब बन्ने सभामुखले त्यस्तो गर्नुहुनेछैन, सबैको कुरा सुन्नुहुनेछ।’
सही कुरा छ भने सत्तापक्ष र प्रतिपक्ष सबैको कुरा सुन्ने सांसद अहिलेको आवश्यकता भएको उनले बताए। उनले संसदमा नागरिकको पीरमर्काका विषय उठाउनुपर्ने, हाल प्रचलनमा रहेका कतिपय कानुन संशोधन गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १३:५४ बजे, बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











