Kathmandu Press

देवराज घिमिरे सबै हिसाबले सभामुखमा योग्य पात्र : याेगेश भट्टराई

सभामुख चयनको प्रयोजनका लागि बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सबै दलसँग आग्रहसमेत गरे।
देवराज घिमिरे सबै हिसाबले सभामुखमा योग्य पात्र : याेगेश भट्टराई

काठमाडौं, माघ ५ : एमाले सांसद योगेशकुमार भट्टराईले सभामुखका लागि उम्मेदवार देवराज घिमिरे सबै हिसाबले योग्य पात्र भएको बताएका छन्।

सभामुख चयनको प्रयोजनका लागि बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सबै दलसँग आग्रहसमेत गरे।

बैठकमा बोलदै उनले नेपाली कांग्रेसकै कारण २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रुपमा चयन हुन नसकेको जिकिर गरे। उनले विगतलाई हेर्दा सबैभन्दा लाभ लिने दलका रुपमा कांग्रेस रहेको दाबी गरे।

‘विगत हेर्ने हो भने एमाले सबैभन्दा बढी दिने र नेपाली कांग्रेस सबैभन्दा बढी लिने दलमा चिनिन्छ,’ उनले भने,  ‘२०७२ को संविधान बनाउँदा के भनिएको थियो, बनेपछि आज के भयो त्यो पनि सम्झिनुपर्छ,’ उनले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारी सर्वसम्मत चुनिनुभएको होइन। हाम्रो अपेक्षा सर्वसम्मत चुनिनुपर्छ भन्ने थियो। कसको कारणले भएन भन्ने हेक्का हुनुपर्छ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ लाई विश्वासको मत दिने सबै दलले मुटुबाट विश्वासको मत दिएको भए सभामुख उम्मेदवार देवराज घिमिरेलाई पनि मत दिएर सभामुखमा निर्वाचित गर्न आग्रह गरे। उनले कांग्रेसको मत एकातिर नजर हर्कातिर रहेको बताए।

‘कांग्रेसको नजर अर्कौतिर होइन भने सभामुख पदमा देवराज घिमिरेका पक्षमा पनि भोट हाल्नुपर्छ,’ उनले भने, ‘मुटुले नै माया गरेर विश्वासको मत दिएको हो भने त्यो मत देवराज घिमिरेलाई पनि आउनुपर्छ।’ उनले भने।

१० गते १२ बजेसम्म एमालेले प्रधानमन्त्री, राष्ट्रपति केही पद नखोजेका जिकिर गर्दै उनल कांग्रेसले सम्हाल्न नसकेका कारण एमालेलाई अवसर प्राप्त भएको बताए। 

प्रकाशित मिति: १३:३९ बजे, बिहीबार, माघ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्