‘राष्ट्रिय सहमतिका साथ अघि बढ्न सभामुखमा कम्तीमा प्रधानमन्त्रीकाे पार्टीले न्यौपानेलाई मत दिनुपर्छ’
बिहीबार संसदको बैठकमा बोल्दै नेकपा एस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीको पार्टीले त गुन तिर्ला भन्ने विश्वास छ।’
काठमाडौं, माघ ५ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सांसद प्रकाश ज्वालाले प्रधानमन्त्रीलाई दिइएको विश्वासको मतको गुन तिर्ने विश्वास व्यक्त गरेका छन्।
बिहीबार संसदको बैठकमा बोल्दै नेकपा एस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीको पार्टीले त गुन तिर्ला भन्ने विश्वास छ।’
सभामुखका लागि कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेका समर्थक पनि रहेका ज्वालाले प्रधानमन्त्री प्रचण्डले पाएको जस्तै मत सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई सर्वसम्मत रूपमा जिताउन सदनसँग आग्रह गरे। राष्ट्रिय सहमतिको हिसाबले जाने हो भने सभामुख पदका लागि न्यौपाने योग्य पात्र भएको उनको भनाइ थियो।
‘सभामुखका लागि ईश्वरीजी सबैभन्दा योग्य व्यक्ति हुनुहुन्छ। साँच्चिकै राष्ट्रय सहमतिमा लैजाने हो भने उहाँले प्रधानमन्त्रीले जस्तै विश्वासको मत पाउनुहुनेछ। कमसेकम प्रधानमन्त्रीको पार्टीले भने पनि मत दिनेछ। सभामुख महिला किन नबनाउने भन्ने कुरालाई सोच्नुपर्छ,’ उनले भने।











