Kathmandu Press

एकवर्षपछि प्रधानमन्त्रीले सभामुखबाट सहयोग भएन भन्ने अवस्था नआओस् : विश्वप्रकाश शर्मा 

शर्माले ०७४ को सालको अनुभवबाट पाठ सिक्नुपर्ने बताउँदै सभामुखबाट पनि प्रधानमन्त्रीलाई असहयोग हुने अवस्था आउन दिन नहुने बताए। 
एकवर्षपछि प्रधानमन्त्रीले सभामुखबाट सहयोग भएन भन्ने अवस्था नआओस् : विश्वप्रकाश शर्मा 

काठमाडौं, माघ ५ : नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले वर्तमान प्रधानमन्त्रीले एकवर्ष पछि सभामुखबाट सहयोग भएन भन्ने अवस्था आउन नदिनकै लागि कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका सांसद शर्माले ०७४ को सालको अनुभवबाट पाठ सिक्नुपर्ने बताउँदै सभामुखबाट पनि प्रधानमन्त्रीलाई असहयोग हुने अवस्था आउन दिन नहुने बताएका हुन् । 

उनले ०७४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बन्दा सोही दलका अर्का अध्यक्षले आफू निकटकालाई सभामखु बनाउँदा प्रधानमन्त्रीले सभामुखबाटै आफूलाई असहयोग भएको भन्ने अभिव्यक्ति दिएको स्मरण गरे । 

‘लोकतन्त्रका लागि त्यो अभ्यास सुखद भएन जसको कारण दुई दुई पटक संसद विघटन पनि भयो,’ शर्माले भने, ‘त्यसकारण ०७४ को त्यो अभ्यासबाट दिक्षित भएर यो बेलामा हामीले आजको एक वर्षपछि आजको प्रधानमन्त्रीले मलाई सभामुखबाट सहयोग भएन भन्ने अवस्था आउन दिन हुन्न ।’  

सांसद शर्माले सबैभन्दा ठूलो दल सभामुख र राष्ट्रपतिको अपेक्षाका साथ उभिँदा जनताको बहुमतको प्रतिनिधित्व हुने पनि बताए । उनले राष्ट्रपतिमा कांग्रेसले अपेक्षा गर्दा कसैलाई नझस्किन पनि अनुरोध गरे ‘शक्ति सन्तुलनको सिद्धान्तलाई पनि सम्बोधन हुन्छ । शीतल निवासको लक्ष्य भन्दा नझस्किन पनि आग्रह गर्दछु,’ उनले भने ।  

प्रकाशित मिति: १३:१४ बजे, बिहीबार, माघ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्