विश्वप्रकाशको आरोप- ओलीले देशका प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजे
संविधानले नचिनेको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउँदै आफू त्यसको संयोजक बनेर एमाले अध्यक्षले देशका प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयत्न गरेको शर्माले बताए।
काठमाडौं, माघ ४ : नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले देशको प्रधामन्त्रीलाई एमालेले पिँजडामा राख्ने प्रयत्न गरको बताएका छन् ।
सभामुख चयनका लागि बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले संविधानले नचिनेको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर आफू त्यसको संयोजक बन्दै एमाले अध्यक्षले देशका प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयत्न गरेको बताएका हुन् ।
उनले कांग्रेसले ढोक्सा थापेको ओलीको अभिव्यक्तिको खण्डन समेत गरे । ‘ढोक्सा थापेका छैनौं । माछालाई जालमा पार्न कुनै योजना छैन,’ उनले भने, ‘तर माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा नबनाउन अपिल गर्नेपर्ने हुन्छ।’
शर्माले अगाडि भने, ‘आफू प्रधानमन्त्री हुँदा संगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाउँ भन्दा संविधानले नचिनेको संयन्त्र नबनाऔं भन्ने अनि मित्र प्रधानमन्त्री हुँदा भने संविधानले नचिनेको संयन्त्र बनाउनु भनेको हामीले ढोक्सा थाप्न खोजेको भन्दा देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको प्रयत्न हो भनेर संज्ञा दिन चाहन्छु।’











