Kathmandu Press

गृहमन्त्रालय विधि र पद्धतीबाट एक इन्चपनि बाहिर जाँदैन : मन्त्री लामिछाने 

 ‘विधि र पद्धतिभन्दा बारिह गएर गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैले दबाब र प्रभाव दिनु हुने छैन भन्ने विश्वास दिएको छु ।’
गृहमन्त्रालय विधि र पद्धतीबाट एक इन्चपनि बाहिर जाँदैन : मन्त्री लामिछाने 

काठमाडौं, माघ ४ :  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सम्हालेकाे मन्त्रालय विधि र पद्धतिभन्दा एक इन्चपनि बाहिर नजाने बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभाको सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थकका रुपमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले गृह मन्त्रालय कसैको पनि दबाब र प्रभावमा नपर्ने बताएका हुन् । 

नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो संसदमै उपस्थित भएर विश्वासको मत दिँदा समेत गृहमन्त्रीले हेरेर बसेको भन्दै कांग्रेस सांसद रामहरी खतिवडाले यसबारेमा प्रष्ट पार्न माग गरेका थिए ।  

सोही कुराको जवाफमा गृहमन्त्री लामिछानेले आफूले सम्हालेको मन्त्रालय नियमकानुन भन्दा एक इन्चपनि बाहिर नजाने बताएका हुन् ।  ‘विधि र पद्धतिभन्दा बारिह गएर गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैले दबाब र प्रभाव दिनु हुने छैन भन्ने विश्वास दिएको छु ।’

प्रकाशित मिति: १२:२३ बजे, बिहीबार, माघ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्