Kathmandu Press

प्रधानमन्त्री प्रचण्डसँग कांग्रेस नेता पौडेलको भेटवार्ता 

प्रधानमन्त्री प्रचण्डसँग कांग्रेस नेता पौडेलको भेटवार्ता 

काठमाडौं, माघ ५ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । 

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पौडेलले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । बालुवाटामा प्रधानमन्त्री र नेता पौडेलबीच आधा घन्टा छलफल भएको बताइएको छ । 

आजको भेटमा भने राजनीतिक विषयमा कुराकानी नभएको पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी गराए । अधिकारीका अनुसार पौडेलले प्रधानमन्त्रीसँग तनहुँका ठूला विकास आयोजनाका बारेमा कुरा गरेका छन् । ‘बिपी कोइराला हस्पिटल, तल्लो जलविद्युत् आयोजना, लगायत अरु विकास आयोजनाको प्रधानमन्त्रीसँगी गर्नु भएको छ,’ अधिकारीले भने । 

प्रकाशित मिति: १२:०० बजे, बिहीबार, माघ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्