Kathmandu Press

नेमकिपालाई संसदको प्रमुख विपक्षी दल घोषणा गर्न सुवालको माग 

नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिइसकेका कारण प्रमुख प्रतिपक्षी दल बन्ने हैसियत गुमाएको बताउँदै नेमकिपालाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न सभाध्यक्षसमक्ष आग्रह गरेका हुन् ।
नेमकिपालाई संसदको प्रमुख विपक्षी दल घोषणा गर्न सुवालको माग 
फाइल तस्बिर

काठमाडौं, माघ ५ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो दललाई प्रतिनिधि सभाको प्रमुख विपक्षी दल घोषणा गर्न माग गरेका छन् । 

सभामुख चयनका लागि बिहीबार बसेको  प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिइसकेका कारण प्रमुख प्रतिपक्षी दल बन्ने हैसियत गुमाइसकेको बताउँदै नेमकिपालाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न सभाध्यक्षसमक्ष आग्रह गरेका हुन् ।

उनले प्रतिनिधि सभा नियमावलीले पनि कांग्रेसलाई प्रमुख विपक्षी दलको भूमिका रहन नसक्ने बताइसकेको जानकारी गराए । त्यस्तै विभिन्न राजनीतिक विश्लेषकदेखि संविधानविद्हरुले पनि अब कांग्रेसले विपक्षीको प्रतिपक्षीको हैसियत गुमाइसकेको बताएका जानकारी गराए । 

त्यसकारण सरकारलाई विश्वासको मत नदिने नेमकिपालाई नै  प्रतिनिधि सभाको विपक्षी दल घोषणा गर्न सुवालले आग्रह गरेका हुन् । 

प्रकाशित मिति: ११:४७ बजे, बिहीबार, माघ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्