Kathmandu Press

सभामुख चयनका लागि प्रतिनिधि सभाको बैठक सुरु 

सभामुख चयनका लागि प्रतिनिधि सभाको बैठक सुरु 

काठमाडौं, माघ ५ : प्रतिनिधि सभाको बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेपछि बैठक सुरु भएको हो । आजको प्रतिनिधि सभा बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुने छ । 

सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दशकपछि यसरी बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो । 

यसपटक एमाले सत्ता गठबन्धनका तर्फबाट एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरे झापा(२ बाट निर्वाचित प्रतिनिधि सभा सदसस्य हुन् ।

एमालेको स्थायी समिति सदस्यसमेत रहेका घिमिरे यसअघि एकपटक राष्ट्रिय सभा सदस्य पनि निर्वाचित भएका थिए ।

सत्ता गठबन्धन बाहिर रहेको कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेवदार बनाएको छ । दाङकी न्यौपाने भने समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

सभामुख निर्वाचित हुनका लागि बहुमत ल्याउनुपर्नेछ । त्यसका लागि २७५ सदस्यमा निर्वाचित हुन १३८ ल्याउनु पर्नेछ । सत्ता गठबन्धनका उम्मेदवार देवराजलाई यो सहज हुने देखिन्छ ।

प्रकाशित मिति: ११:४० बजे, बिहीबार, माघ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्