विमान दुर्घटनाको मृततका आफन्तलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगे प्रधानमन्त्री
प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरे।
काठमाडौं, माघ ५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यती एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुका परवारलाई भेट गरेका छन् । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्री प्रचण्डले विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुका परिवार र आफन्तसँग भेट गरेका हुन् ।

त्रिवि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, शव पहिचानलाई वैज्ञानिक बनाउँदै छिटोभन्दा छिटो परिवारलाई हस्तान्तरण गर्ने व्यवस्था गर्न निर्देशन दिएका छन् ।
साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरे। सो क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका मृतकका आफन्तसँग भेटघाट गरे ।

परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका लागि भनेको जानकारी गराए।











