Kathmandu Press

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

आज दिउँसो १ बजे प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले गिरीले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताए । आज मुख्यमन्त्रीले विश्वासको मत लिने मात्र एजेन्डा रहेको उनले बताए । ​
लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

काठमाडौं, माघ ५ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन्।  

आज दिउँसो १ बजे प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले गिरीले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताए । आज मुख्यमन्त्रीले विश्वासको मत लिने मात्र एजेन्डा रहेको उनले बताए । ​

सातदलीय गठबन्धनमा मन्त्रालय भागबण्डाको सहमति हुन न सकेका बेला मुख्यमन्त्री गिरीले आज विश्वसको मत लिन लागेका हुन्।  सात दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गत पुस २७ गते गिरी मुख्यमन्त्री नियुक्त भएका थिए।  

पुस २८ गते गिरीले प्रदेशको राजधानी देउखुरीमा पद तथा गोपनियताको शपथ ग्रहण गर्दै दुई सदस्य विना विभागीय मन्त्रिपरिषद गठन गरेका थिए।  संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जनाको समर्थन छ।

मुख्यमन्त्री गिरीले विश्वासको मत लिएपछि मन्त्रीपरिषद विस्तार गर्ने जनाएका छन्। 

प्रकाशित मिति: ०८:०२ बजे, बिहीबार, माघ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्