सञ्चारमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाडौं, माघ ४ : नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकेको हो ।
मन्त्रिपरिषद् विस्तार हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार मात्रै मन्त्रिपरिषद् विस्तार गरेका थिए । हिजो विस्तारित मन्त्रिपरिषद्मा शर्मा सूचना तथा सञ्चार प्रविधिमन्त्री नियुक्त भएकी थिइन् ।
प्रकाशित मिति: १७:५० बजे, बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











