Kathmandu Press

‘गैरआवासीय नेपाली नागरिकताको मुद्दा समाधान गर्न गृह मन्त्रालय सक्षम’

बुधबार सिंहदरबारमा गैरआवासीय नेपाली संघका प्रतिनिधिसंगको भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गर्दा गिजोलिएको भन्दै अव गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्न गृह मन्त्रालय सक्षम रहेको बताएका हुन्।
‘गैरआवासीय नेपाली नागरिकताको मुद्दा समाधान गर्न गृह मन्त्रालय सक्षम’

काठमाडाैं, माघ ४ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा गैरआवासीय नेपाली संघका प्रतिनिधिसंगको भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गर्दा गिजोलिएको भन्दै अव गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्न गृह मन्त्रालय सक्षम रहेको बताएका हुन्।

उनले विदेशमा भएका नेपालीहरुको लगानीलाई सुरक्षित गर्न पनि सरकार तयार रहेको बताए। नेपालमा लगानीका लागि गैर आवासिय नेपालीहरुको कानुनी र व्यवहारिक कठिनाइबारे मन्त्रालय जानकार रहेकाले यसलाई गम्भीर भएर समाधानको प्रयास खोजिने उनले बताए। उनले नागरिकताका बिषय समाधान भएपछि गैरआवासीय नेपालीको सम्पतीको हकको बिषय पनि टुङ्गिने जिकिर गरे।

भेटवार्तापछि संघका अध्यक्ष कुल आचार्य गैरआवासीय नेपालीका नागरिकता, भिसा, एयरपोर्टमा देखिने समस्या लगाएत नेपालको बिकासमा साझेदारी गर्ने विषयमा छलफल भएको र समस्यालाई समाधान गर्ने प्रतिवद्धता गृहमन्त्रीले व्यक्त गर्नुभएको जानकारी दिए।

संघले गरिआएको काम, नेपाल सरकारको तर्फबाट सम्बोधन भइआएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा संघले गृहमन्त्री लामिछानेलाई ज्ञापन पत्र पनि बुझाएको थियो। 

प्रकाशित मिति: १७:११ बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्