Kathmandu Press

निर्यात बढाउने अवस्था सिर्जना गर्नुपर्छ : कृषिमन्त्री साह

राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ का सन्दर्भमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले भनिन्, 'हामीले आयातभन्दा निर्यात वृद्धि कसरी गर्ने भन्ने सोच्नु पर्छ, कृषि प्रधान देश भएर पनि कृषिमा हामी किन पछाडि छौं भनेर गम्भीर ढंगले सोच्नु आवश्यक छ।'
निर्यात बढाउने अवस्था सिर्जना गर्नुपर्छ : कृषिमन्त्री साह

काठमाडाैं, माघ ४ : कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले आयातभन्दा निर्यात बढाउने अवस्था सृजना गर्नुपर्नेमा जोड दिएकी छन्। 

राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ का सन्दर्भमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले भनिन्, 'हामीले आयातभन्दा निर्यात वृद्धि कसरी गर्ने भन्ने सोच्नु पर्छ, कृषि प्रधान देश भएर पनि कृषिमा हामी किन पछाडि छौं भनेर गम्भीर ढंगले सोच्नु आवश्यक छ।'  

मन्त्री शाहले हरेक जीवजन्तु र बाली संरक्षण गर्ने नीति लिएर सबैलाई समान रुपले संरक्षण गर्नुपर्नेमा जोड दिँदै कृषि तथा पशुपन्छी विकासको कामलाई सकारात्मक रूपमा अगाडि बढाइने बताइन्। 

मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले हरेक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउने निर्णय गरेर नेपालको कृषि क्षेत्रमा आफ्नो मौलिकता जगाउने काम भएको बताइन्।

'नेपालको कृषि क्षेत्रमा ४० प्रतिशतभन्दा बढी जैविक विविधता ह्रास भएर गइसकेको छ, अब पनि हामीले जैविक विविधताको संरक्षण गर्न सकेनौं भने हाम्रो अगाडि ठूलो चुनौती खडा हुन्छ', उनले भनिन्। 

त्यस्तै मन्त्रालयका अर्का सचिव डा दीपककुमार खरालले मानव जातिलाई दीर्घकालसम्म सहज बनाउन जैविक विविधताको संरक्षण आवश्यक भएको बताइन्। 'कृषक समुदाय जैविक विविधता संरक्षणको प्रथम बिन्दु भएकाले उनीहरूलाई प्राथमिकतामा राखेर नीति निर्माण गरी संरक्षण र प्रवर्धनमा लाग्नुपर्ने छ,' उनले भने। 

नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. दीपक भण्डारीले कृषिमा जैविक विविधताको संरक्षण, प्रवर्धनका साथसाथै अधिकतम सदुपयोग गर्नुपर्ने बताए। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ का बारेमा, राष्ट्रिय जिन बैंकका प्रमुख डा. बालकृष्ण जोशीले जैविक विविधता संरक्षण, अनुसन्धान र विकासमा नार्कद्वारा हासिल उपलब्धिका बारेमा तथा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका उपप्राध्यापक सुवोध खनालले विश्वविद्यालयमा कृषि जैविक विविधता अध्ययन/अध्यापन, अनुसन्धान एवं हासिल उपलब्धिका बारेमा प्रस्तुति दिएका थिए। 

प्रकाशित मिति: १७:०० बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्