Kathmandu Press

 इराकको बगदादमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु

काठमाडौं, पुस १८ :  इराकको बगदाद विमानस्थलमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु भएको छ । विमानस्थलमा ३ रकेट प्रहार भएको र ८ जनाको ज्यान गएको इराकी ....

 इराकको बगदादमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु
Hardik ivf

काठमाडौं, पुस १८ :  इराकको बगदाद विमानस्थलमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु भएको छ । विमानस्थलमा ३ रकेट प्रहार भएको र ८ जनाको ज्यान गएको इराकी सुरक्षा अधिकारीहरुले बताएका छन् ।

‘बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वटा रकेट प्रहार भएको छ, जसमा दुई वटा कार पूर्णरुपमा ध्वस्त भएका छन्’, इराकी आर्मीले जारी गरेको बयानमा भनिएको छ । आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको नाम नबताउने शर्तमा एक जना सुरक्षा अधिकारीले जानकारी दिए ।

केही दिनअघि इराकमा रहेको अमेरिकी दूतावासमा आक्रमण र नाराबाजीपछि अमेरिकाले आफ्नो सैनिक फिर्ता गर्ने फैसला लिएको छ ।

प्रकाशित मिति: ०८:१४ बजे, शुक्रबार, पुस १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्