मधेश प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत, प्रदेशसभामा उपस्थित सबै सांसदको समर्थन
१०७ सदस्यीय प्रदेशसभामा आजको बैठकमा १०२ सदस्य उपस्थित थिए । उपस्थित सबै सांसदहरुले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।
काठमाडौं, माघ ४ : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभा बैठकबाट विश्वासको मत पाएका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार बसेको प्रदेश सभा बैठकमा उपस्थित सबै सांसदबाट विश्वासको मत पाएका हुन् ।
१०७ सदस्यीय प्रदेशसभामा आजको बैठकमा १०२ सदस्य उपस्थित थिए । उपस्थित सबै सांसदहरुले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।
प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्रीले राखेको विश्वासको प्रस्तावमा शून्य मत परेको जानकारी गराउँदै उनले प्रदेशसभाबाट विश्वासको मतका लागि मुख्यमन्त्रीको प्रस्तावलाई बहुमत सदस्यले समर्थन गरेको जानकारी गराए ।
मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेससहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले विश्वासको मत दिएको छ ।
यहाँ नेकपा एमालेको २३, नेपाली कांग्रेसको २२, जनमत पार्टीको १३, जसपाको १६, एकीकृत समाजवादीको ७, लोकतान्त्रिक समाजवादीको ९, राप्रपाको १, नेपाल संघीय समाजवादी पार्टीका १, नागरिक उन्मुक्ति पार्टीको १ र ६ स्वतन्त्र सांसद छन् ।











