Kathmandu Press

छिट्टै मन्त्रीहरुको कार्यविभाजन हुन्छ : मुख्यमन्त्री कार्की

झापाको गौरादहमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले सत्तासाझेदार दलहरुसँगको परामर्शमा कार्यविभाजन गरिने बताए। उनले मन्त्रालयको सङ्ख्या नौ पुर्‍याइएको र त्यसैअनुसारको कार्यविभाजन गरिने बताए।
छिट्टै मन्त्रीहरुको कार्यविभाजन हुन्छ : मुख्यमन्त्री कार्की

गौरादह, माघ ४ : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्र मन्त्रीहरुको कार्यविभाजन हुने बताएका छन्। उनले मन्त्रिपरिषदमा रहेका सदस्यलाई आगामी सोमबारभित्र जिम्मेवारी तोकिने उल्लेख गरे। 

झापाको गौरादहमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले सत्तासाझेदार दलहरुसँगको परामर्शमा कार्यविभाजन गरिने बताए। उनले मन्त्रालयको सङ्ख्या नौ पुर्‍याइएको र त्यसैअनुसारको कार्यविभाजन गरिने बताए।

Hardik ivf

मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्को विस्तारसँगै साझा कार्यक्रम ल्याइने र सोहीअनुसार प्रदेश सरकारले काम अघि बढाउने बताए। 

उनले सुशासन कायम राख्नका लागि सरकारले काम अघि बढाउने बताए। मुख्यमन्त्री कार्कीले आम सहमतिका आधारमा प्रदेशको नामकरण गरिने र त्यसका लागि प्रदेशसभामा रहेका सबै दलबीच सहमति कायम राख्ने अधिकतम कोसिस गरिने जानकारी गराए।

प्रकाशित मिति: १५:४० बजे, बुधबार, माघ ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्