लुम्बिनीका सभामुख र उपसभामुखले लिए सपथ

काठमाडौं, माघ ४ : लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख तुलाराम घर्ती र उपसभामुख मेनकाु खांणले पद तथा गोपनीयतको सपथ लिएका छन् । मंगलबार निर्विरोध निर्वाचित भएका सभामुख र उपसभामुखले बुधबार सपथ लिएका हुन् ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले नवनिर्वाचित सभामुख र उपसभामुखलाई सपथ ग्रहण गराएका हुन् । सभामुखमा घर्तीको एकल उम्मेदवारी परेको थियो भने उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुले उम्मेदवारी दर्ता गरेका थिए ।
तर उनीहरुले प्रदेश सभा बैठकमा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि खांण मतदान प्रक्रियामा नगई निर्वाचित भएकी हुन् ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लिला गिरी, मन्त्रीहरु चेतनारायण आचार्य र कृष्णा केसी लगायत सत्तारुढ दलका नेताहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: १५:१५ बजे, बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











