Kathmandu Press

पर्यटन राज्यमन्त्री शिर्पालीले लिइन् सपथ 

पर्यटन राज्यमन्त्री शिर्पालीले लिइन् सपथ 
तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

काठमाडौं, माघ ४ : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशिला शिर्पालीले पद तथा गोपनीयताको सपथ लिएकी छन् । 

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिर्पालीलाई सपथ ग्रहण गराएका हुन् । 

मन्त्रिपरिषद्का अन्य सदस्यहरुले मंगलबार नै राष्ट्रपति कार्यालयमा सपथ लिएपनि शिर्पालीले भने आज सपथ ग्रहण गरेकी हुन् । 

आफू मन्त्री बनेको कुरा ढिलागरी थाहा पाएपछि उनी राष्ट्रपति कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा सहभागी हुन पाइनन् । 

प्रकाशित मिति: १५:०८ बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्