Kathmandu Press

सुडानमा सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु

काठमाडौं, पुस १८ : सुडानको सैन्य विमान वेस्ट डार्फर राज्यमा दुर्घटना हुँदा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको छ ।

प्रान्तीय....

सुडानमा सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु

काठमाडौं, पुस १८ : सुडानको सैन्य विमान वेस्ट डार्फर राज्यमा दुर्घटना हुँदा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको छ ।

प्रान्तीय राजधानीबाट उडेको पाँच मिनेटमै विमान दुर्घटना भएको हो। उक्त विमानले जातीय समूहबीच हिंसात्मक द्वन्द्व चर्किएको क्षेत्रमा राहत सहयोग पुर्‍याइरहेको थियो।

सेना प्रवक्ता मोहम्मद अल हसनले समाचार संस्था एफपीलाई बताए अनुसार मृत्यु हुनेमा चालक दलका सात जना सदस्यका साथै तीन जना न्यायाधीश र आठ जना सर्वसाधारण छन्। विमान के कारण दुर्घटनामा परेको हो भन्ने विवरण हालसम्म यकिन हुन सकेको छैन। 

प्रकाशित मिति: ०७:४२ बजे, शुक्रबार, पुस १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्