Kathmandu Press

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई कांग्रेसले पनि विश्वासको मत दिने 

बुधबार मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेश सभा बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने  बताएका हुन् । 
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई कांग्रेसले पनि विश्वासको मत दिने 

काठमाडौं, माघ ४ : नेपाली कांग्रेसले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ । 

बुधबार मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेश सभा बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने  बताएका हुन् । 

उनले जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने जानकारी गराएका हुन् ।  

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर मधेशमा आफ्नो पार्टीको सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए । 

कांग्रेसले यसअघि बाग्मती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारलाई पनि विश्वासको मत दिएको थियो । केन्द्रमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको कांग्रेसले गण्डकीमा एमाले नेतृत्वको सरकारलाई भने विश्वासको मत दिएन । 
 
प्रकाशित मिति: १४:३० बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्