Kathmandu Press

यतीकाे विमान दुर्घटनाबारे जाँचबुझ गर्न आएको फ्रान्सेली टोली घटनास्थलमा

एटिआर विमान निर्माता कम्पनीबाट आएको उक्त विज्ञ टोलीले घटनास्थलको अवलोकन गर्नुका साथै उडानमा संलग्नहरुसँग पनि छलफल गरी दुर्घटनाको कारण पत्ता लगाउनेछ।
यतीकाे विमान दुर्घटनाबारे जाँचबुझ गर्न आएको फ्रान्सेली टोली घटनास्थलमा

पोखरा, माघ ४ : पोखरामा भएको यती एयरलाइन्सको ९–एन एएनसी एटिआर–७२ विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको नौ सदस्यीय विज्ञ टोली घटनास्थलमा आइपुगेको छ।

एटिआर विमान निर्माता कम्पनीबाट आएको उक्त विज्ञ टोलीले घटनास्थलको अवलोकन गर्नुका साथै उडानमा संलग्नहरुसँग पनि छलफल गरी दुर्घटनाको कारण पत्ता लगाउनेछ।

नेपालमा एटिआर विमान पहिलो पटक दुर्घटना भएको हुनाले विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको जनाइएको छ।

सरकारले विमान दुर्घटनालगत्तै पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा हवाई विज्ञ नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, हवाई मर्मत विज्ञ एकराज जंग थापा सदस्य र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहनेगरी बनाइएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पनि पोखरामै रहेर काम गरिरहेको जनाइएको छ।

जहाजको ब्ल्याक बक्सको रिपोर्ट आउन ढिला हुने जनाइएको छ। ब्ल्याक बक्सको रिपोर्ट नआई दुर्घटनाबारे केही भन्न नसकिने आयोगको भनाइ छ।

प्रकाशित मिति: १४:१७ बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्