Kathmandu Press

सभामुखमा उम्मेदवारी दिएपछि घिमिरेले भने– प्रतिनिधिसभामा निष्पक्ष भूमिका खेल्छु 

‘म जिम्मेवारीमा पुग्ने निश्चित छ । हिजोका शिक्षाबाट अघि बढ्छु । प्रतिनिधिसभाबाट विजय भएपछि सभामुखले खेल्ने भूमिका के हुन्छ‚ त्यो भूमिकामा कमी रहन दिन्न,’ उनले भने। 
सभामुखमा उम्मेदवारी दिएपछि घिमिरेले भने– प्रतिनिधिसभामा निष्पक्ष भूमिका खेल्छु 

काठमाडौं, माघ ४ : नेकपा एमालेबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिएका देवराज घिमिरेले प्रतिनिधि सभामा निष्पक्ष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बुधबार मनोननय दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै घिमिरेले प्रतिनिधि सभामा सभामुखले निर्वाह गर्नुपर्ने भूमिकामा कमि हुन नदिने बताएका हुन् । ‘म जिम्मेवारीमा पुग्ने निश्चित छ । हिजोका शिक्षाबाट अघि बढ्छु । प्रतिनिधिसभाबाट विजय भएपछि सभामुखले खेल्ने भूमिका के हुन्छ‚ त्यो भूमिकामा कम रहन दिन्न,’ उनले भने। 

घिमिरेले बुधबार दिउँसो साढे १ बजे सभामुख पदका लागि मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा एमाले उपाध्यक्षसमेत रहेका सुवास नेम्वाङ र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र माओवादीको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन् । 

घिमिरेलाई एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत सत्ता गठबन्धनका दलहरुको समर्थन छ । एमाले स्थायी कमिटी सदस्य समेत रहेका घिमिरे झापा–२ बाट  निर्वाचित सांसद हुन् । 

 

प्रकाशित मिति: १४:१७ बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्