Kathmandu Press

कांग्रेसबाट ईश्वरी न्यौपाने सभामुखका उम्मेदवार 

बुधबार जारी छलफलबाट प्रतिनिधि सभाकी सदस्य ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने तयारी  गरेको हो ।
कांग्रेसबाट ईश्वरी न्यौपाने सभामुखका उम्मेदवार 

काठमाडौं, माघ ४ : नेपाली कांग्रेसले प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारको टुंगो लगाएको छ । 

बुधबार जारी छलफलबाट प्रतिनिधि सभाकी सदस्य ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने तयारी  गरेको हो । न्यौपानेले पनि आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताएकी छन् । 

कांग्रेसले सभामुखको विषयमा प्रतिपक्षमा रहेका दलहरुसँग पनि छलफल गरिरहेको छ । छलफल सकिएपछि उम्मेदवारी दिने तयारी रहेको छ । 

सत्ता गठबन्धनको तर्फबाट एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गरिसकेका छन् । सभामुखका लागि मनोनयन दर्ता गर्न दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ । 

प्रकाशित मिति: १३:५५ बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्