Kathmandu Press

सभामुख पदका लागि एमालेका घिमिरेको मनोनयन दर्ता 

उनको प्रस्तावकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छन् भने समर्थकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन् । 
सभामुख पदका लागि एमालेका घिमिरेको मनोनयन दर्ता 

काठमाडौं, माघ ४ : नेकपा एमालेका सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदका लागि मनोनयन दर्ता गराएका छन् ।   

सभामुखको मनोननय दर्ताका लागि संघीय संसद सचिवालयलले आज दिउँसो १ बजेदेखि अपराह्न४ बजेसम्मको समय निर्धारण गरेकोमा घिमिरेले साढे १ बज्नै लाग्दा मनोनयन दर्ता गराएका हुन् । 

उनको प्रस्तावकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छन् भने समर्थकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन् । 

झापा २ बाट निर्वाचित घिमिरे एमाले स्थायी कमिटी सदस्य समेत हुन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । 

प्रकाशित मिति: १३:३० बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्