Kathmandu Press

श्रममन्त्रीको दाबी– मेनपावर व्यवसायमा मेरो संलग्नता छैन 

श्रममन्त्रीको दाबी– मेनपावर व्यवसायमा मेरो संलग्नता छैन 

काठमाडौं, माघ ४ :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफू कहिल्यै पनि मेनपावर व्यवसायमा संलग्न नभएको दाबी गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत मन्त्री अर्यालले विभिन्न व्यवसायिक क्षेत्रमा आफूले सहकार्य गरेको भएपनि मेनपावर व्यवसायमा आफ्नो संलग्नता नरहेको जानकारी दिएका हुन् । 

उनले बरु सामूहिक रुपमा अन्य धेरै क्षेत्रमा आफ्नो संलग्नता रहेको बताएका छन् । ‘देशका हरेक क्षेत्रका उद्योग ब्यवसायमा थोरै थोरै संलग्नता भएकाले मेरो स्वार्थ नबझिने त कुनै क्षेत्र नै छैन। एक्लै कुनै व्यवसायमा लगानी गर्ने मेरो आर्थिक हैसियत हिजो पनि थिएन र अझैपनि छैन। म कृषि फार्ममा  छु, ट्राभल सर्भिसमा छु,सहकारीमा छु, इँटा उद्योगमा छु, नेपाली सामानको उत्पादनमा छु, नेपालको पहिलो रेमिटेन्स कम्पनीमा छु, एजुकेशन कन्सलटेन्सीमा छु, सेक्युरिटी सर्भिसमा छु, ट्रेकिङ सर्भिसमा छु, होटल व्यवसायमा छु, क्याटरिङ व्यवसाय छु, यस्ता थुप्रै क्षेत्रमा छु,’ उनले भनेका छन्।

साथीहरुले खोलेको मेनपावर  कम्पनीमा आफूलाई सल्लाहकारमा राख्ने भनेर  इन्टरनेशनल मार्केटिङ डाइरेक्टरको पदमा राखिदिएको बताएका छन् ।  ‘पद त लेखिदिए तर हटाइदिन भुले,’ उनले लेखेका छन्, ‘तर त्यो वा कुनै मेन पावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न शेयर न स्यालरी।’ उनले वेभसाइटहरु अपडेटेड नहुनुले आफ्नो संलग्ना पुष्टि नगर्ने पनि दाबी गरेका छन् ।  

उनले श्रम र रोजगारसम्बन्धी आफूलाई धेरथोर ज्ञान भएको र आफ्नै कार्यकालमा केही ऐतिहासिक काम हुनेसमेत दाबी गरेका छन् । उनले आफूले भनेको काम गर्न नसकेको अवस्थामा मन्त्री पदबाट राजीनामा दिने समेत बताएका छन् ।

प्रकाशित मिति: १२:५४ बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्