Kathmandu Press

प्रधानमन्त्री र अन्य दलसँगको छलफलपछि कांग्रेसले सभामुखको उम्मेदवार टुंग्याउने 

नेपाली कांग्रेसले सभामुखको उम्मेदवार टुगो लगाउनुअघि अन्य दलसँग पनि छलफल गर्ने भएको छ । 
प्रधानमन्त्री र अन्य दलसँगको छलफलपछि कांग्रेसले सभामुखको उम्मेदवार टुंग्याउने 
पदाधिकारी बैठककाे निर्णयबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता महत

काठमाडौं, माघ ४ : नेपाली कांग्रेसले सभामुख पदका लागि उम्मेदवार दिने भएको छ । यसका लागि अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको हो । 

धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासका बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री लगायत अन्य दलसँगको छलफलपछि सभामुखको उम्मेदवार टुग्याउने निर्णय गरेको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

सभामुखका लागि आवश्यक बहुमत जुटाउन सक्ने सम्भावनाका बारेमा पदाधिकारी बैठकमा छलफल भएको थियो । कांग्रेसले सरकारलाई विश्वासको मत दिएका कारण सभामुखका लागि माओवादी केन्द्रको पनि समर्थन खोजेको छ । तर, माओवादी केन्द्र एमाले नेतृत्वको गठबन्धनमा रहेका कारण समर्थन पाउने सम्भावना न्यून रहन्छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुखबारे थप सल्लाह गर्ने बताएपछि कांग्रेसले अझै पर्खिने प्रवक्ता महतले बताए ।  ‘कुन–कुन दलको समर्थन लिन सकिन्छ भनेर हामी छलफल गर्छौँ, यसबारेमा पार्टीभित्र पनि आन्तरिक छलफल भइरहेको छ,’प्रवक्ता महतले भने । 
 

प्रकाशित मिति: ११:५० बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्