राप्रपा संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही
बुधबार पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् ।
काठमाडौं, माघ ४ : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाहीलाई मनोनित गरेको छ । बुधबार पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् ।
राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी बनेका थिए । तत्कालीन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई झण्डै ११ हजार मतले हराएका थिए ।
उनलाई यसपालि राप्रपाले मन्त्री बनाउने चर्चा पनि थियो तर अध्यक्ष लिङ्देनले पार्टीका सिनियर नेताहरुलाई मन्त्री बनाएर शाहीलाई संसदीय जिम्मेवारी सुम्पिएका हुन् ।

प्रकाशित मिति: ११:२७ बजे, बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











