Kathmandu Press

एमालेबाट देवराज घिमिरे सभामुखका उम्मेदवार 

झापा २ बाट निर्वाचित भएका घिमिरे एमालेका प्रदेश १ इन्चार्जसमेत हुन् ।
एमालेबाट देवराज घिमिरे सभामुखका उम्मेदवार 

काठमाडौं, माघ ४ : नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवार बन्ने भएका छन् । आज दिउँसो घिमिरेले सभामुखका लागि मनोनयन दर्ता गर्ने एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए । 

सभामुखका लागि एमालेबाट सचिव पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र नेतृ विद्या भट्टराईल दाबी गरेका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य घिमिरेलाई सभामुखको उम्मेदवारका लागि अघि सारेका हुन् ।  

झापा २ बाट निर्वाचित भएका घिमिरे एमालेका प्रदेश १ इन्चार्जसमेत हुन् ।

सभामुखको निर्वाचन भोलि हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । 

नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार सभामुख पद दुबै पार्टीले आधा आधा कार्यकाल चलाउने छन् । यसअनुसार घिमिरे सभामुखमा निर्वाचित भए उनी साढे २ वर्षमात्र पदमा रहनेछन् । त्यसपछि माओवादी केन्द्रले सभामुख पाउनेछ । 
 

प्रकाशित मिति: ११:१९ बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्