धुम्बाराहीमा कांग्रेसको पदाधिकारी बैठक सुरु
कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले आजको बैठकले सभामुखबारे निर्णय गर्ने जानकारी दिए ।
काठमाडौं, माघ ४ : नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टीका सभापति शेरबहादुर देउवको निवास धुम्बाराहीमा पदाधिकारी बैठक सुरु भएको हो ।
सभामुख निर्वाचनका लागि उम्मेदवारीको बारेमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले आजको बैठकले सभामुखबारे निर्णय गर्ने जानकारी दिए ।
भोलि हुने सभामुख निर्वाचनका लागि आज मनोननयन दर्ता गर्ने दिन हो । मनोनयन दर्ताका लागि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।
मंगलबार बसेको सर्वदलीय बैठकमा सभामुखबारे कुनैपनि निर्णय भएकाले कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने सम्भावना रहेको छ ।
प्रकाशित मिति: ११:०९ बजे, बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











