Kathmandu Press

उपराष्ट्रपतिद्वारा नेता पुनको स्वास्थ्यवस्थाबारे जानकारी

उपराष्ट्रपतिद्वारा नेता पुनको स्वास्थ्यवस्थाबारे जानकारी

काठमाडाैं, माघ ४ : उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उहाँले पुनको स्वास्थ्यलाभको कामना गरेका हुन्। 

वंशाणुगत जण्डीसबाट पीडित उपमहासचिव पुनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनको सचिवालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन शनिबार रोल्पाबाट हेलिकोप्टरमा काठमाडौँ फर्केर अस्पताल भर्ना  भएका थिए । 

आजै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गरेका छन् । यसअघि मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनलाई भेटी स्वास्थ्यलाभको कामना गरेका थिए । 

प्रकाशित मिति: १०:०७ बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्