Kathmandu Press

लुम्बिनीको सभामुखमा तुलाराम घर्ती र उपसभामुखमा मेनुका खाण निर्विरोध निर्वाचित 

लुम्बिनीको सभामुखमा तुलाराम घर्ती र उपसभामुखमा मेनुका खाण निर्विरोध निर्वाचित 

काठमाडौं, माघ ३ : लुम्बिनी प्रदेशसभाको सभामुख पदमा नेकपा ९माओवादी केन्द्र० का तुलाराम घर्तीमगर निर्विरोध निर्वाचित भएका छन् । 

प्रदेशसभामा निर्वाचन कार्यतालिकाअनुसार सोमबार भएको उम्मेदवारी दर्तामा सभामुख पदमा घर्तीको एकल उम्मेदवारी परेको थियो । उनलाई सभामुख पदमा निर्वाचित गर्न नेकपा (एमाले)का प्रदेशसभा सदस्य भूमिश्वर ढकाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का आशिषकुमार चौधरी समर्थक रहेका थिए ।

प्रदेशसभाको आजको बैठकमा कार्यसूचीअन्तर्गत सभाका ज्येष्ठ सदस्यले सभामुख पदमा घर्तीमगर निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । संविधानको धारा १८२ को उपधारा १ बमोजिम सभामुख पदमा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुख निर्वाचित गर्नुपर्ने व्यवस्था गरेको छ।  

यस्तै उपसभामुख पदमा राप्रपाका मेनुका खाण केसी पनि निर्विरोध निर्वाचित भएकी छन्। नवनिर्वाचित सभामुख घर्तीले आफूले सबैको सहयोग र सहकार्यबाट प्रदेशसभालाई अघि बढाउने बताइन्। उनले प्रदेशमा आवश्यक कानून निर्माणका लागि सबै पक्षसँग आवश्यक छलफल गरी अघि बढ्ने बताइन्। 
 

प्रकाशित मिति: १७:५७ बजे, मंगलबार, माघ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्