पोखरा विमान दुर्घटना : थप एकजनाको शव भेटियो, एकको अवस्था अझै अज्ञात
योसँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको छ ।
काठमाडौं, माघ ३ : पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परि बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ । विमान दुर्घटनास्थलबाट करिब ७०० मिटर तल सेती नदीमा एकजना महिलाको शव भेटिएको कास्की प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन् ।
योसँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको छ । एकजनाको अवस्था भने अझै अज्ञात रहेको छ ।
बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरीले गोताखोर परिचालन गरेको छ । सोमबार साँझसम्म शव नभेटिएपछि मंगलबार बिहानैबाट गोताखोर र ड्रोन प्रयोग गरी खोजी कार्य गरिएको थियो ।
पोखरा महानगरपालिका–१५ मा आइतबार यती एयरलाईन्सको विमान दुर्घटनाग्रस्त भएको थियो ।
प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











