बालुवाटारमा सर्वदलीय बैठक सुरु
आजको बैठकमा सभामुख, उपसभामुखको निर्वाचनका बारेमा छलफल हुने बताइएको छ ।
काठमाडौं, माघ ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।ु
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि देखि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलका शीर्ष नेताहरुको सहभागिता छ ।
आजको बैठकमा सभामुख, उपसभामुखको निर्वाचनका बारेमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसले पनि आफूलाई विश्वासको मत दिएका कारण सभामखु, उपसभामुख देखि राष्ट्रपतिका सम्बन्धमा समेत उसँग छलफल गर्नु आफ्नो जिम्मेवारी रहने बताउँदै आएका छन् ।
प्रकाशित मिति: १७:०० बजे, मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











