Kathmandu Press

बाग्मतीका मुख्यमन्त्री जम्मकट्टेललाई १०५ सांसदले दिए विश्वासको मत 

जम्कट्टेललाई  प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको छ ।
बाग्मतीका मुख्यमन्त्री जम्मकट्टेललाई १०५ सांसदले दिए विश्वासको मत 

काठमाडौं, माघ ३ : बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वसको मत पाएका छन् । मंगलबारको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाएका हुन् । 

जम्मकट्टेलले आफूलाई विश्वासको मत दिन प्रदेशसभा बैठकमा राखेको प्रस्तावमा कांग्रेस, एमाले, माअ‍ोवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीका गरी कुल १०५ सांसदहरुले पक्षमा मतदान गरेका हुन् ।  ११० सदस्यीय प्रदेश सभामा आइतबार  १०९ सांसद उपस्थित थिए । 

 जम्कट्टेललाई  प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको छ । मंगलबार बसेको कांग्रेसको प्रदेश कार्यसमिति बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रदेश संसदीय दललाई निर्देशन जारी गरेको थियो । सोही अनुसार सरकारलाई विश्वासको मत दिए पनि गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बताए ।

मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस सहित ६ दलको विश्वास जुटाउन सफल भएका छन् । बाग्मतीमा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाल पार्टीको २ सांसद छन् । 


 

प्रकाशित मिति: १६:४८ बजे, मंगलबार, माघ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्