चार घन्टादेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं, माघ ३ : नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ ।
मंगलबार मध्याह्न १२ बजेदेखि देशैभर नेपाल टेलिकम अन्तर्गतका मोबाइल सेवा, ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन अबरुद्ध भएको हो ।
सेवा अवस्द्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् ।
नेपाल टेलिकमले अपराह्न ४ बजे सूचना जारी गर्दै प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको जानकारी गराएको छ । टेलिकमले सेवा सुचारु भएको जानकारी गराएपनि हालसम्म पनि अवरुद्ध रहेको छ ।

प्रकाशित मिति: १६:१६ बजे, मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











