सहज सेवा प्रवाहलाई प्राथमिकता दिन्छु : परराष्ट्रमन्त्री

काठमाडौं, माघ ३ : नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले मन्त्रालयमातहतको कार्यालयमा जनताको सहज सेवा प्रवाहलाई प्राथमिकता दिइने बताएकी छन् ।
सपथ ग्रहण गरेपछि मंगलबार सिंहदरबारमा पदभार सम्हाल्दै मन्त्री पौडेलले सहज रुपमा सेवा प्रवाहरुलाई प्राथमिकतामा राखेको बताइन्। उनले असंलग्न परराष्ट्र नीतिलाई प्रभावकारी रुपमा अघि बढाउने र अहिले नै यसलाई परिमार्जन गर्नुपर्ने अवस्था नरहेको धारणा राखिन्।
मन्त्री पौडेलले भइरहेको नीतिमा अप्ठेरोमा समस्या भए सुधार गर्न सकिने तर भइरहेको नीतिलाई परिवर्तन गर्न नहुने जिकिर गरिन्। नेपालमा रहेको कुटनीतिक निकायसंगको सम्बन्धलाई सुमधर पार्ने, विदेशस्थीत दुतावासमा नेपालीहरुको सहज पहुँच लगाएतका बिषयमा ध्यान केन्द्रीत गर्ने उनले बताइन्।
मन्त्री पौडेलले सीमा विवादका बिषयहरुमा धेरै बुझ्नुपर्ने भएकाले यसबारे हतारमा टिप्पणी गर्न नहुने जिकिर गरिन्।











