हवाई क्षेत्रलाई सुरक्षित बनाउन गम्भीर रुपमा छलफल गर्छु : पर्यटनमन्त्री किराती

काठमाडौं, माघ ३ : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि गम्भीर भएर छलफल गर्ने बताएका छन् ।
मंगलबार सिंहदरबारमा पदभार ग्रहण गर्दै किराँतीले हवाई क्षेत्र सुरक्षित गर्न र यसअघि भएका कमीकमजोरीलाई सुधार गर्न छलफल गर्ने बताएका हुन् । । उनले एक महिनाको पारिश्रमिक परोपकारको काममा लगाउने निर्णय गर्दै खादा माला नलगाउने निर्णय पनि गरे।
मन्त्री किरातीले मन्त्रालयमा भएका बिकृतिलाई अन्त्य गर्ने र कुनै भनसुन नचल्ने समेत स्पष्ट पारे। मुलुकको पर्यटन क्षेत्रलाई अघि बढाउनका लागि आवश्यक पूर्वाधारका साथ नीति नियम बनाउनमा ध्यान केन्द्रीत गर्ने उनको भनाइ छ ।
किराँती नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन्।
प्रकाशित मिति: १५:१७ बजे, मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











