Kathmandu Press

सभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक, भोलि मनोनयन दर्ता 

संघीय संसद सचिवालयले सभामुख पदका लागि निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । 
सभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक, भोलि मनोनयन दर्ता 

काठमाडौं, माघ ३ : संघीय संसद सचिवालयले सभामुख पदका लागि निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । 

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले माघ ५ गते बिहीबार हुने  सभामुखको निर्वाचनका लागि आज कार्यक्रम सार्वजनिक गरेका हुन् । 

जसअनुसार भोलि (बुधबार) दिउँसो १ बजेदेखि ४ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्नुपर्नेछ । ४ बजेभित्र दर्ता भएका  उम्मेदवारीको अन्तिम सूची दर्ताक्रमअनुसार दिउँसो ४ः१५ बजे प्रकाशन गरिने सचिवालयले जनाएको छ । 

त्यस्तै माघ ५ गते बिहान ११ बजे प्रारम्भ हुने प्रतिनिध सभाको बैठकमा सभामुख निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरी उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल गर्दै दर्ताक्रम अनुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । 

सभामुख सत्ता गठबन्धनबाट नेकपा एमालेले पाउन सहमति जुटिसकेको छ । नेपाली कांग्रेसले भने उम्मेदवारी दिने नदिनेबारे कुनैपनि धारणा सार्वजनिक गरेको छैन । 
 

s_9RnMbZds4Z1673947321.jpg

प्रकाशित मिति: १५:०६ बजे, मंगलबार, माघ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्