वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं, माघ ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत पार्टीका नेता वर्षमान पुनलाई भेटेका छन् । मंगलबार सुमेरु अस्पताल पुगेर प्रधानमन्त्रीले नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
नेता पुन गत पुस ३० गते रोल्पामा बिरामी परेका थिए । गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइएको थियो। उनी केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए ।
वंशाणुगत जण्डिसबाट पीडित नेता पुन चुनावी धपेडीले रोग बल्झिएपछि उपचारका लागि गत मंसिर १६ गते चीन गएका थिए। स्वास्थ्यमा सुधार आएपछि पुस ५ गते उनी काठमाडौं फर्किएका थिए।
यसअघि गत वर्ष पनि पुनको सुरूमा थाइल्याण्ड र पछि चीनका अस्पतालमा उपचार गरिएको थियो।
प्रकाशित मिति: १४:४१ बजे, मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











