विमान दुर्घटनामा मृत्यु भएका ४६ जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं, माघ ३ : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये ४६ जनाको शव काठमाडौँ ल्याइएको छ । नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत शव ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
चिन्न नसकिने अवस्थाका, काठमाडौं सहित आसपासका, विदेशी नागरिक एवं चालक दलका सदस्यको शव मंगलबार काठमाडौं ल्याइएको हो । सेनाको हेलिकप्टरमार्फत शवलाई महाराजगंजस्थीत प्रहरी तालिम केन्द्रबाट शिक्षण अस्पताल लगिने भनिएपनि हेलिकप्टर अवतरण गर्न नसक्दा बिमानस्थलबाट अस्पताल लगिएको हो ।

शिक्षण अस्पतालमा थप परिक्षण गरेर आफन्तलाई बुझाइने र विदेशी यात्रुको शव प्रक्रिया पुराएर पठाइने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान सेती खोँचमा दुर्घटना भएको थियो ।
प्रकाशित मिति: १३:५९ बजे, मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











