Kathmandu Press

मन्त्रिपरिषद् विस्तार, शीतलनिवासमा नयाँ मन्त्रीहरुले लिए सपथ 

नवनियुक्त मन्त्रीहरूले पद तथा गाेपनीयताकाे सपथ ग्रहण गरेका छन् ।
मन्त्रिपरिषद् विस्तार, शीतलनिवासमा नयाँ मन्त्रीहरुले लिए सपथ 

काठमाडौं, माघ ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्ता गठबन्धनबीच सोमबार भएको सहमति बमोजिम प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

नवनियुक्त मन्त्रीहरुले शीतलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका छन् ।

विस्तारित मन्त्रिमण्डलमा एक उपप्रधानमन्त्री थप गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री तथा उर्जामन्त्रीको सपथ लिएका छन् । 

त्यस्तै माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री, सुदन किराती संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका छन् । सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् । 

नेकपा एमालेबाट पदम गिरी, डा. विमला राई पौडेल, भगवती चौधरी र हरि उप्रेतीले सपथ ग्रहण गरेका छन् । गिरी स्वास्थ्यमन्त्री बन्दा पौडेल परराष्ट्रमन्त्री बनेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् भने डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएकी छन् । 

राप्रपाबाट बिक्रम पाण्डे शहरी विकासमन्त्री र ध्रुबबहादुर प्रधान कानुन मन्त्री नियुक्त हुँदा दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् । 

प्रकाशित मिति: १३:२५ बजे, मंगलबार, माघ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्