डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने

काठमाडौं, माघ ३ : राष्ट्रिय स्वतन्त्र पार्टीले डा. तोसिमा कार्कीलाई पर्यटन राज्यमन्त्री बनाउने भएको छ । सत्तारुढ गठबन्धनको सोमबार बसेको बैठकले रास्वपालाई तीन मन्त्रालय र एक राज्यमन्त्री दिने सहमति गरेको थियो ।
सोही अनुसार राप्रपाबाट शिशिर खनाल र डोलप्रसाद (डिपी) अर्याल मन्त्री बन्दा डा. कार्की राज्यमन्त्री बन्ने भएकी हुन् । केही दिनअघिसम्म कार्की स्वास्थ्यमन्त्री बन्ने चर्चा चलेको थियो । तर स्वास्थ्यमन्त्री एमालेले लिएर शिक्षामन्त्री रास्वपाले पाउने भएपछि कार्की राज्यमन्त्री बन्ने भएकी हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री नियुक्त भइसकेका छन् । त्यस्तै रास्वपाले शिशिर खनाललाई शिक्षा मन्त्री बनाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याललाई बनाउने निर्णय गरिसकेको छ ।
नयाँ नियुक्त हुने मन्त्रीहरुको सपथ १ बजेका लागि तय भएको छ ।











