Kathmandu Press

माओवादीबाट सुशिला श्रीपालीलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी 

माओवादीबाट सुशिला श्रीपालीलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी 

काठमाडौं, माघ ३ : नेकपा माओवादी केन्द्रले राज्यमन्त्रीको पनि टुंगो लगाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार माअ‍ोवादी केन्द्रले सुशिला श्रीपालीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो । 

सचिवालय स्रोतका अनुसार श्रीपाली संस्कृती, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बन्ने भएकी छन् । सत्ता गठबन्धनको सहमतिअनुसार माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाएको छ । 

जसअनुसार प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नारायणकाजी श्रेष्ठले सपथ ग्रहण गरिसकेका छन् । 

थप तीन मन्त्रीमा रेखा शर्मा, सुदन किराती र अमनलाल मोदीले आज सपथ ग्रहण गर्नेछन् । शर्मालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुदन किरातीलाई संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अमनलाल मोदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । 

नयाँ मन्त्री र राज्यमन्त्रीले आज दिउँसो १ बजे सपथ ग्रहण गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति: १२:४१ बजे, मंगलबार, माघ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्