Kathmandu Press

सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित 

मंगलबार बिहानको मतदानबाट भण्डारीले २९ मत पाएका छन्  । उनको विपक्षमा २३ मत परेको छ ।
सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित 

काठमाडौं, माघ ३ : सुदूरपश्चिम प्रदेशसभाले अन्ततः सभामुख पाएको छ ।

पटकपटकको मतदानबाट सभामुख निर्वाचित गर्न नसकेको प्रदेशसभाले तेस्रो पटक मंगलबार बिहान भएको मतदानबाट सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार भीम भण्डारीलाई सभामुख चयन गरेको हो । 

मंगलबार बिहानको मतदानबाट भण्डारीले २९ मत पाएका छन्  । उनको विपक्षमा २३ मत परेको छ । उनी बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् 

सुदूरपश्चिममा २८ पुसमा सभामुख चयनका लागि पहिलो पटक मतदान भएको मतदानमा भण्डारीले २६ र रावलले २३ मत पाएका थिए ।

दुवै उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा ३० पुसमा पुनस् मतदान भएको थियो । त्यसमा नागरिक उन्मुक्ति तटस्थ बस्दा दुवैले २२र२२ मत पाएका थिए । बहुमत नपाएपछि ज्येष्ठ सदस्य शिवराज भण्डारीले २ माघका लागि बैठक बोलाएका थिए तर सोमबार राष्ट्रिय शोकका कारण बैठक स्थगित गर्दै आज मंगलबारका लागि तोकिएको हो ।

प्रकाशित मिति: ११:४६ बजे, मंगलबार, माघ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्