Kathmandu Press

राप्रपाबाट लिङ्देनसहित ध्रुबबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री बन्ने, कसलाई कुन मन्त्रालय ? 

राप्रपाबाट अध्यक्ष लिङ्देन उपप्रधान तथा उर्जामन्त्री, बिक्रम पाण्डे शहरी विकास मन्त्री र ध्रुबबहादुर प्रधान कानुनमन्त्री बन्ने भएका छन् ।
राप्रपाबाट लिङ्देनसहित ध्रुबबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री बन्ने, कसलाई कुन मन्त्रालय ? 

काठमाडौं, माघ ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी तीन मन्त्रीसहित सरकारमा जाने भएको छ ।

सोमबार बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समितिको बैठकले राप्रपालाई  एक उपप्रधानमन्त्रीसहित तीन मन्त्रालयको जिम्मेवारी दिने सहमति गरेको थियो । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री सहित उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री बन्ने भएका छन् । राप्रपाको मंगलबार बसेको बैठकले थप दुई मन्त्री र उनीहरुले पाउने विभागीय मन्त्रालय पनि टुंगो लगाएको छ ।

जसअनुसार  राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे शहरी विकासमन्त्री बन्ने भएका छन् भने ध्रुबबहादुर प्रधान कानुन मन्त्री बन्ने भएका छन् ।

सुरुमा राप्रपालाई युवा तथा खेलकुद मन्त्रालय दिने सहमति भएको थियो तर पाण्डेले उक्त मन्त्रालय लिन नमानेपछि मन्त्रालय साटफेर गर्दै कानुन मन्त्रालय लिएको हो ।  
 

प्रकाशित मिति: ११:३३ बजे, मंगलबार, माघ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्