एमालेले टुंग्यायो मन्त्री बन्नेको नाम, कसलाई कुन मन्त्रालय ?
अध्यक्ष ओलीले आज थप चार मन्त्रीहरुको टुंगो लगाएका हुन्। जसअनुसार डा. विमला राई, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने पक्कापक्की भएको छ ।
काठमाडौं, माघ ३ : नेकपा एमालेले पार्टीबाट मन्त्री बन्नेको नामावली टुंग्याएको छ । अध्यक्ष ओली सहित केही शीर्ष नेताहरुको बैठकले मन्त्रीको नामावली टुंगो लगाएको हो ।
गठबन्धनको छलफलबाट एमालेले ८ मन्त्रालय पाउने सहमति जुटेको छ । तीमध्ये चार जनाले पहिलो चरणमा प्रधानमन्त्री प्रचण्डसँगै सपथ ग्रहण गरिसकेका छन् । एमालेबाट विष्णु पौडेल उप्रधानसहित अर्थमन्त्री छन् । अन्य मन्त्रीहरु राजेन्द्र राई, ज्वाला साह र दामोदर भण्डारी मन्त्री भएपनि उनीहरुको मन्त्रालय टुगो लागेको छैन ।
अध्यक्ष ओलीले आज थप चार मन्त्रीहरुको टुंगो लगाएका हुन्। जसअनुसार डा. विमला राई, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने पक्कापक्की भएको छ ।
विमलालाई परराष्ट्रमन्त्री र गिरीलाई स्वास्थ्यमन्त्री बनाइने भएको छ । अन्य मन्त्रीको विभागीय मन्त्रालय भने अध्यक्ष ओलीले टुंगो लगाउने छन् ।