रास्वपाले टुंग्यायो मन्त्री : शिशिर खनाल शिक्षामन्त्री, श्रममा डिपी अर्याल
सभापति लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् ।
काठमाडौं, माघ ३ : राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याएको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले मन्त्रीहरुको टुंगो लगाएको हो । रास्वपाले मन्त्री छान्ने जिम्मा सभापति रवि लामिछानेलाई दिएको थियो ।
आजको बैठकमा सभापति लामिछानेले डोलप्रसाद अर्याललाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् ।
यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन्। नयाँ मन्त्रीहरुको सपथ ग्रहण दिउँसो १ बजे हुने बताइएको छ।
प्रकाशित मिति: १०:५४ बजे, मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











