Kathmandu Press

माओवादीबाट रेखा, सुदन र अमनलाल मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ? 

रेखा शर्मा सञ्चार मन्त्री, सुदन किराँती पर्यटन मन्त्री र अमनलाल माेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेछन्।
माओवादीबाट रेखा, सुदन र अमनलाल मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ? 

काठमाडौं, माघ ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिँदै छन् । सोमबार भएको गठबन्धनको बैठकले मन्त्रालय भागबन्डाको टुंगो लगाएसँगै प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै पूर्णता दिन लागेका हुन् ।

गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री दिने सहमति गरेको थियो । प्रधानमन्त्रीमा प्रचण्ड र उपप्रधान एवं  भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठले पहिलो चरणमै शपथ लिइसकेका छन् । 

अब बाँकी तीन मन्त्रालयको जिम्मेवारी रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीले पाउने भएका छन् । दाङमा एमालेका महासचिवलाई पराजित गरेका  रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पाउने भएकी छन् । त्यस्तै किराँतीले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र  मोदीले  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । 

माओवादीबाट बन्ने एक राज्यमन्त्रीको भने टुंगो लागिसकेको छैन । 

 

प्रकाशित मिति: १०:२४ बजे, मंगलबार, माघ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्